हाम्रो टिम नेपालले भक्तपुर अस्पताललाई २३ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजन सिलिन्डर वितरण अभियानमा लागेको हाम्रो टिमले अस्पताललाई सहयोग गरेको हो ।
अहिले देशभर अक्सिजन सिलिन्डरको हाहाकार मच्चिएको छ । दोस्रो लहरको कोरोनाबाट संक्रमित अधिकांशमा अक्सिजनको आवश्यकता देखिएपछि अहिले अस्पतालहरुमा अक्सिजनको हाहाकार मच्चिएको हो ।
यस्तो अवस्थामा हाम्रो टिमले देशभरबाट सहयोग संकलन गर्दै विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग गर्ने अभियान अन्तर्गत भक्तपुर अस्पताललाई २३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको अस्पतालले जनाएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले एक विज्ञप्ति मार्फत २३ थान ठूलो अक्सिजन सिलिन्डर प्राप्त भएको भन्दै हाम्रो टिम नेपाललाई धन्यवाद दिएकी छन् ।
विज्ञप्तिमा भनिएको छ, 'कोभिड–१९ का बिरामीहरुको उपचारको लागि अति आवश्यक पर्ने अक्सिजन ग्यास चरम अभाव भएको समयमा २३ (ठूलो सिलिन्डर) अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउनु भएकोमा भक्तपुर अस्पताल त्यस टिमलाई पुन सहयोग अपेक्षासहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।