पूर्व प्रधानसेनापति कटवाल कोरोना मुक्त

पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण भएर वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका कटवाल बुधबार कोरोना मुक्त हुँदै डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमित भएपछि कटवाल वैशाख १ गते सैनिक अस्पतालमा भर्ना भएका थिए । कटवालले सामाजिक सञ्जालमार्फत आफू पूर्ण स्वस्थ भएर घर फर्किएको जानकारी दिएका छन् । 

बुधबार एक भिडियो फेसबुकमा राख्दै कटवालले आफू अहिले पूर्ण स्वास्थ भएको बताएका छन् । अब आफ्नो नियमित दैनिकी सुरु भएको कटवालले भिडियोमा भनेका छन् । 

कटवालले आफू संक्रमित भएर अस्पतालमा रहेको अवस्थामा सहयोग गर्ने सबै जनालाई भिडियोमार्फत धन्यवाद पनि दिएका छन् । उनले उपचारमा खटिएका डाक्टर तथा नर्सहरुलाई धन्यवाद दिएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ८:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया