भारतमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन सवा चार लाख संक्रमित

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह अवस्था सिर्जना गरेको छ । बुधबार मात्रै भारतभर एकैदिनमा ४ लाख १२ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो । त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो ।

अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो भने मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गरिएको थियो । संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ । 

बुधबार भारतमा ३ हजार ९८० जना संक्रमितले ज्यान गुमाएका छन् । उत्तर प्रदेश, कर्नाटक, हरियाणा, पञ्जाब, तमिलनाडू र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।

भारतमा पहिलो लहरमा संक्रमितको दैनिक संख्या एक लाख पार गरेको थिएन । अहिले दैनिक चार लाख संक्रमित थपिएका छन् । जसका कारण भारतमा अहिले पूरै स्वास्थ्य क्षेत्रमा भयावह अवस्था देखिएको छ । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ९:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया