बालुवाटारमा एमाले स्थायी समितिको आकस्मिक बैठक
फाइल तस्बिर

सत्तारुढ नेकपा एमालेले स्थायी समितिको आकस्मिक बैठक राखेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुँदैछ । आकस्मिक बैठकमा विश्वासको मत लिने र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ ।

एमालेमा असन्तुष्ट रहेको वरिष्ट नेता माधव नेपालसहितको समूहले पार्टी इतरको समूहसँग सहकार्य सुरु गरेपछि आज बैठक बस्न लागेको छ । आजको बैठकमार्फत नेपाल समूहमाथि थप कारबाहीको निर्णयसमेत हुनसक्ने बताइएको छ । 

राष्ट्रियसभा जेठमा हुन लागेको उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर माधव नेपाल पक्षले अलग्गै उम्मेदवार उठाउन लागेको समाचार हिजै बाहिरिएको थियो । 

उक्त विषयमा पनि आजको बैठकमा छलफल हुने सम्भावना रहेको छ । यसअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले सम्पूर्ण कारबाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिइसकेको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १०:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया