सरोज खनाल उत्कृष्ट निर्देशक

काठमाडौंमा सम्पन्न नेपाल सर्ट फिल्म अवार्डमा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । प्रतियोगितामा तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ ।

स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए । सहभागी मध्येबाट ८ वटा सर्ट फिल्मलाई प्रतिस्पर्धामा छानिएको थियो ।

अवार्ड विजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, कलाकारहरु रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्का लगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र ‘नशा’बाट प्राप्त गर्दा सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड शेखर खनालले चलचित्र ‘धुर्त काजी’बाट प्राप्त गरेका छन् । यस्तै सर्वोत्कृष्ट नव–नायकको अवार्ड सुरज पोखरेलले ‘हाम्रो नाता’बाट प्राप्त गरे ।

चलचित्र ‘सहारा’बाट ध्रुव दत्तले सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा आशुतोष अधिकारीले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड प्राप्त गरेका छन् । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र ‘लकडाउन’बाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा) पुरु राईले चलचित्र ‘सहारा’बाट प्राप्त गरे ।

अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रश्रितलाई चलचित्र ‘मेरो भगवान’का लागि प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको प्रोत्साहन पुरस्कार अमिर बरालले चलचित्र ‘ज्यान जाने पिरिम’बाट प्राप्त गरे ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ११:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया