वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई अस्पताल भर्ना गरिएको छ । छातीमा सामान्य इन्फेक्सन देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो । प्रधानको सुन्धारास्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 
 
प्रधानमा सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि कोरोनाको शंका गरिएको थियो । तर, पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले प्रधानको अवस्था सामान्य रहेको सञ्चारकर्मी प्रकाश सायमीले बताए । 

८२ वर्षीय प्रधानको सन् २०१५ मा ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ११:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया