चौधरी अजित सिंहको कोरोना संक्रमणबाट निधन

भारतका पूर्वमन्त्रि तथा राष्ट्रिय लोकदल प्रमुख चौधरी अजित सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । अजित सिंहका छोरा जयन्त चौधरीले ट्वीट गर्दै निधन भएको जानकारी दिएका छन् ।

सिंह गुरुग्रामको एक अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बिहीवार बिहान निधन भएको हो । मंगलबार उनको फोक्सोमा इन्फेक्सन बढेको थियो । २० अप्रिल मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सिंहको मृत्युमा नरेन्द्र मोदी, राहुल गान्धी लगायतले श्रद्धाञ्जली दिएका छन् ।

नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, ‘पूर्व केन्द्रीय मन्त्रि चौधरी अजित सिंहको निधनबाट निकै दुख लागेको छ । उनी सधैं किसानको हितमा समर्पित रहेका थिए । उनले केन्द्रमा धेरै विभागको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । शोकको यो घडीमा मेरो संवेदना उनको परिवार र प्रशंसकमा रहेको छ । ओम शान्ति !’

 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १२:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया