अन्तराष्ट्रिय फिल्म फेस्टिभल आजबाट सुरु

आजबाट नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) २०२१ सुरु हुँदैछ । आगामी २७ गतेसम्म चल्ने फेस्टिभल भर्चुअल रूपमा सञ्चालन हुने छ ।

फेस्टिभलको पहिलो दिन आज बलिउड निर्देशक अनुराग कश्यपले आफ्ना फिल्मी यात्राका अनुभव सुनाउने छन् । दिउँसो साढे ३ बजे झण्डै २ घण्टा कश्यपले आफ्ना अनुभव साट्ने छन् ।

महोत्सवमा प्रतिस्पर्धामा रहेका फिल्म नेट टिभीबाट प्रदर्शन गरिने निफका अध्यक्ष केपी पाठकले बताए । महोत्सवको दोस्रो दिन ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ शीर्षकमा बहस हुने छ । यो बहसमा विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठले वक्ताका रूपमा सहभागिता जनाउने छन् । यो सत्रको सहजीकरण राजेश थापाले गर्ने छन् ।

महोत्सवको तेस्रो दिन २५ गते दुई विषयमा छलफल हुनेछ । पहिलो सत्रमा ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानासँग सम्झना उप्रेती रौनियारले छलफल गर्ने छिन् । यही दिन दोस्रो सत्र अन्तगर्त् निर्देशक प्रताप सुब्बाले फिल्मसँग गाँसिएका आफ्ना अनुभव सुनाउनेछन् ।

२६ गते यादव भट्टराईले ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन् । महोत्सवको अन्तिम दिन ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा निर्देशक दीपेन्द्र लामाले कृष्ण धरावासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराईसँग छलफल गर्ने छन् ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १२:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया