आफ्नै तालमा राजेश हमाल

 

देश कोरोना भाइरसको दोस्रो लहरको चपेटामा छ । थुप्रै नेपाली कलाकार कोरोना संक्रमित भएका छन् । केही कलाकार संक्रमितको सेवामा निस्किएका छन् । केहीले फेसबुकबाटै सेवाका लागि अपिल गरिरहेका छन् ।

तर, अभिनेता राजेश हमाल भने आफ्नै तालमा छन् । उनी आफ्नो दैनिक जीवनका विभिन्न फोटा तथा भिडियो सार्वजनिक गरिरहेका छन् । उनले महामारी, महामारीले पारेको असरका बारेमा कुनै अभिव्यक्ति दिएका छैनन् ।

बरु उनी चलचित्र ‘सत्यम’ का लागि आफूलाई तयार गरिहेका छन् । यो चलचित्र मार्फत् ४ वर्षपछि सिनेजगतमा फर्किन लागेका राजेश आफ्नो शरीर बनाउने कसरतमा छन् । उनले सामाजिक सञ्जालमा दिनहुँजसो विभिन्न प्रकारका तस्बिर सार्वजनिक गरिरहेका छन् ।

चलचित्र ‘सत्यम’ को कहिले छायांकन सुरु गर्ने हो भनी निर्माण टिम नै अन्योलमा परेको छ । चलचित्रका लागि निर्माण टिमले अझै नायिका फाइन गर्न सकेको छैन । हमाललाई नै केन्द्रीय भूमिकामा राखेर निर्माण हुन लागेको चलचित्र अन्यौलमा परे पनि हमाल चलचित्रको तयारीमा तीव्रताका साथ लागेका छन् ।

यो महामारीमा पनि अभिनेता हमालले केही नबोल्दा उनका शुभचिन्तकले भने चिन्ता व्यक्त गरिरहेका छन् । अघिल्लो पटक पनि उनी खासै बोलेनन् । यसपाली भने उनले यो अवस्था चाडै नै पार हुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो चुनौती पनि पार गर्न सकिन्छ  ।’ सबैले सामान्य जीवनमा फर्किन चाहेको भन्दै उनले पनि यो चुनौती पार गरेर सहज जीवनमा चाडै फर्किने आशा व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १३:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया