भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको आशंका

भारत सरकारका प्रधान वैज्ञानिक सल्लाहकार के.विजय राघवनले भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीलाई थाहा छैन कि तेस्रो लहर कहिले आउँछ । जुन तरिकाले संक्रमण फैलिएकाे छ । यसलाई हेर्दा तेस्राे लहर आउन सक्छ । तर, हामी कोरोनाको प्रोटोकल जारी राख्दै यसको लागि तयार हुनु पर्दछ ।’

उनका अनुसार भाइरसले म्युटेन्ट बनाउन सुरु गरे पनि संक्रमण रोक्नका लागि मानिसले अपनाइरहेको सावधानीमा परिवर्तन भएन । यसले गर्दा पनि काेराेना तीव्र गतिले फैलिएकाे हाे ।

दोस्रो लहरको किन घातक भयो भन्ने सन्दर्भमा विजय राघवन भन्छन्,‘धेरै पटक साधारण इम्युनिटी संक्रमणको रोक्नको लागि पर्याप्त हुँदैन । जब हामी नयाँ इम्युनिटीसम्म पुगेका थियौँ, तब धेरै मानिसमा नयाँ म्युटेन्टको संक्रमण फैलिसकेको थियो । पहिलो लहरको तुलनामा दोस्रो लहर छोटो हुन्छ ।’

दोस्रो लहर आउने आशंका रहेको थियो । साना-साना कुराहरूले यसलाई ठुलो बनाएको उनको जिकिर छ । दोस्रो लहरमा ठुलो संक्रमणबाट यो पुष्टि हुन्छ कि पहिलो लहरबाट धेरैजसो मानिसमा इम्युनिटी बन्न सकेको थिएन ।

गृहमन्त्रालयले बैंगलर, चेन्नइ, कोझिकोड, इर्नाकुलम, थिसर, गुरुग्राम र पटनामा दुई सातामा भाइरसको संक्रमण तीव्र गतिले बढेकाले सावधानी अपनाउन आग्रह गरेको छ





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १७:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया