प्रधानमन्त्री केपी शर्मा ओलीले गायक प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले गायक प्रधानलाई श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
श्रद्धाञ्जलीका क्रममा उनले नेपाली गीत–संगीतको क्षेत्रमा प्रधानको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
उनले भनेका छन्– मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीत–संगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
— K P Sharma Oli (@kpsharmaoli) May 6, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।