उपत्यकामा सक्रिय संक्रमित ३२ हजार नाघे, बिहीबार थपिए ३९ सय ७२

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाका सक्रिय संक्रमित नै ३२ हजार पुगेका छन्। बिहीबारसम्मको विवरण अनुसार काठमाडौंका तीनै जिल्लामा सक्रिय संक्रमित ३२ हजार ४५२ पुगेका हुन्। 

जस अनुसार काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमित २४ हजार ५ सय ३३ छन्। उता ललितपुरमा पनि सक्रिय संक्रमित ४ हजार ९ सय ७४ छन्। भक्तपुरमा सक्रिय संक्रमितको संख्या  २९ सय ४५ रहेको छ। 

३९ सय ७२ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका तीन जिल्लामा ३९ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा मात्रै ३ हजार १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ। उता भक्तपुरमा २४२ र ललितपुरमा ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १८:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया