सिम्तामा ५० बेडको आइसोलेसन कक्ष स्थापना

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ ।  गाउँपालिका-४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना भएको हो । 

गाउँपालिका भित्रका कोरोना संक्रमितलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष केविन्द्रकुमार केसीले बताए । 

‘बिरामीलाई लक्षित गरेर केही अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिन समेतको व्यवस्था गरेका छौँ । यदि कसैलाई थप उपचारका लागि बाहिर लानु परेमा अक्सिजनसहितको एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।’

अध्यक्ष केसीले गाउँगाउँमा कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य-चौकी नभएको क्षेत्र, टोल-टोलमा स्वास्थ्य जाँच गराइरहेको समेत बताए । ‘स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य-चौकी नभएको क्षेत्रमा घरमै गएर स्वास्थ्य जाँच गरिरहेको छ,’ उनले थपे, ‘टोली गाउँपालिकाका सबै वडामा पुग्ने छ । यसलाई अझै थप व्यवस्थापन गरेर अघि बढ्ने छौँ ।’


 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १८:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया