कर्णालीमा थप ५०३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा ४०० जना र र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०३ जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितमध्ये सुर्खेतका ३६८, दैलेखका ४३, जाजरकोटका २३, सल्यानका २४, रुकुम पश्चिमका १७, कालिकोटका २२ र जुम्लाका ६ जना रहेका छन् ।
 
पछिल्लो २४ घण्टामा थप ३९ जना डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमित मध्ये हालसम्म ७ हजार ७४८ जना डिस्चार्ज भएका छन् । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २ हजार ८२१ जना संक्रमित रहेका स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

थप ८ को मृत्यु 

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार गरेर ५ जना सुर्खेतका, एक जना दैलेखका, एक जना सल्यानका र एक जना नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यससँगै कुल संक्रमितमध्ये हालसम्म ७३ जनाको ज्यान गएको निर्देशनालयले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया