कोरोना संक्रमणको भुमरीमा परिरहेकाे भारतमा लगातार दुखद् समाचारहरु आइरहेका छन् । भारतकी महिला क्रिकेटर वेदा कृष्णमूर्तिले कोरोनाबाट आमापछि आफ्नी दिदीलाई गुमाएकी छिन् । कोरानाकै कारण आमाको मृत्यु भएको करिब २ सातापछि वेदाकी दिदीको बुधबार मृत्यु भएको हो ।
भारतीय क्रिकेट अनलाइन क्रिकइन्फोले दिएको खबर अनुसार वेदाकी दिदी वत्सला शिवकुमार कोराना संक्रमणपछि कर्नाटकको चिक्कमंगलुरूस्थित एक निजी अस्पतालमा उपचाररत थिइन् ।
४२ वर्षीया वत्सलाको बुधबार साँझ ६ बजेतिर मृत्यु भएको हो । गत अप्रिल २३ मा वेदाकी चुलुचेलुबमबाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
वेदा कृष्णमूर्तिले भारतीय टोलीबाट लागि ४८ एकदिवसीय अन्तराष्ट्रिय र ७६ टि-२० खेल खेलेको क्रिकइन्फोले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।