भारत उत्तर प्रदेश : चुनावमा खटिएका २ हजार कर्मचारीको कोरोनाबाट मृत्यु

भारतको उत्तर प्रदेशमा भएको पञ्चायतको चुनावकै कारण २ हजार कर्मचारीको ज्यान गएको छ । उत्तर प्रदेश कर्मचारी संघ संयुक्त परिषद् यस्तो दावी गरेको भारतीय मिडियाले खबर दिएका छन् । 

कर्मचारी संगठनका नेताहरुले गरेको दावी अनुसार निर्वाचनमा खटाइएका २ हजार भन्दा धेरै कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यसमा शिक्षकहरुको संख्या मात्र करिब एक हजार रहेका उत्तर प्रदेश माध्यमिक शिक्षक संघ के अध्यक्ष डा. दिनेश चन्द्र शर्माले भास्कर डटकमलाई बताएका छन् ।  

कर्मचारी संघले पत्र र कोरोना संक्रमणबाट मृत्यु भएको शिक्षकको सूची मुख्यमन्त्री आदित्य नाथलाई पठाएका छन् । 

मृतक शिक्षकको परिवारलाई प्रति परिवार ५० लाख क्षतिपूर्ति दिन कर्मचारी संगठनले मुख्यमन्त्री समक्ष माग गरेको छ । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया