धनुषामा दुई पक्षबीच झडप, एक दर्जन घाइते
फाइल फोटो

धनुषामा बिहीबार दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन् ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर-४ पटेर्वामा दुई पक्षबीच झडप हुँदा दुवै पक्षका गरी एक दर्जन व्यक्ति घाइते भएका हुन् ।

सडक विस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकेन्द्र कुमार मिश्रले बताए । 

दुवै पक्ष बीचको विवादले झगडाको रुप लिएपछि कुटाकुट भएको उनले बताए । घाइतेहरुको नाम भने खुल्न सकेको छैन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिए। 

घटनाको विस्तृत आउन बाँकी छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया