प्रदेश-१ मा सबैभन्दा बढी कोरोना संक्रमित मोरङमा, सोलुमा शून्य


प्रदेश-१ मा बिहीवार मात्रै ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमध्ये सबैभन्दा बढी मोरङमा ३३७ रहेका छन् । यसपछि  झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९ जनामा संक्रमण देखिएको छ ।

बिहीवार थपिएकामध्ये  संखुवासभाका १४, इलामका ११, उदयपुरका ८, तेह्रथुमका ५, धनकुटा र पाँचथरका २/२, भोजपुरका एक र प्रदेश-१ बाहिर ३९ जना रहेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा २ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा १ हजार ४० महिला र  १ हजार ४५७ पुरुष रहेका छन् । 

यसैगरी झापामा रहेका १ हजार ११६ जना सक्रिय संक्रमितमध्ये ५ सय १४ महिला र  ६ सय २ पुरुष रहेका छन् । सुनसरीमा ९६३ जना संक्रमित रहेका छन् । तीमध्ये महिला ३६२ र पुरुष ६०१ रहेका छन् । 

सोलुखुम्बुमा शून्य संक्रमण 


प्रदेश–१ को सोलुखुम्बुमा भने बिहीबारसम्म एक जना पनि सक्रिय संक्रमित नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ  । तराईका जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा पहाडी जिल्लाहरू  ओखलढुंगा, पाँचथर, भोजपुर, खोटाङ र तेह्रथुममा कोरोना संक्रमितको संख्या न्यून रहेको छ । ओखलढुंगामा २, पाँचथरमा ७, भोजपुरमा १४, खोटाङमा ११ र संखुवासभामा १५ जना संक्रमित पुगेका छन् ।



पहाडी जिल्लाहरू धनकुटा, इलाम र संखुवासभामा भने कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ । 

मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा ५६, इलाममा ६७ ,संखुवासभामा ५७ र उदयपुरमा ५७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 
प्रदेश–१ मा आज १ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ



  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया