भारत आइपुग्यो स्विट्जरल्यान्डले दिएको स्वास्थ्य सामग्री

कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अक्रान्त बनेको छिमेकी राष्ट्र भारतमा अहिले स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ । 

त्यसमा पनि विशेष गरी अक्सिजन जन्य सामग्रीको अभाव चरम बनेको हो । 

यही समयमा स्विट्जरल्यान्डबाट अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री भारत आइपुगेको छ । 

शुक्रबार बिहानै स्विट्जरल्यान्डबाट स्वास्थ्य सामग्री भारत आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

स्विस एअरको जहाजमार्फत ६०० थान अक्सिजन कन्सन्ट्रेटर, ५० थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री भारत पुगेको हो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ७:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया