एनएसएलमा पुछारका दुई टिम भिड्दै

नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग, एनएसएलमा आज पोखरा थन्डर्स र एफसी चितवन भिड्दैछन् । लिगको पुछारमा रहेका दुई टिम पोखरा र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली आज जित्नै पर्ने दवावमा रहेका छन् । हार अथवा बराबरीले मात्रै पनि प्लेअफ सपना सकिने अवस्थामा रहेका चितवन र पोखरा आज साँझ साढे ५ बजे दशरथ रंगशालामा भिड्दैछन् । 

लिगको अघिल्लो खेलमा धनगढीसँग २–० ले पराजित भएपछि पोखराको शीर्ष चारमा पुग्ने सम्भावना कमजोर बनेको हो । यदि पोखराले आज जित निकालेको खण्डमा शीर्ष चारमा पुग्ने झिनो आशा बाँकी हुनेछ । 

तर, त्यसका लागि उसले अन्य टोलीबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । चितवनका लागि लागि भने शीर्ष चारमा पुग्ने सम्भावना फलामको चिउरा चपाउनु सरह रहेको छ । 

अहिलेसम्म पोखरा पाँच खेलमा एक जित, दुई बराबरी र दुई हारबाट पाँच अंकका साथ छैटौँ स्थानमा छ भने चितवन चार खेलमा जितविहीन हुँदै मात्र दुई अंकका साथ लिगको पुछारमा छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ९:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया