नेपालका हिम-शृङ्खलाबाट प्रभावित बलिउड निर्देशक

‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । बिहीबारबाट सुरु भएको चलचित्र महोत्सवको उद्घाटन सत्रमा  बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यपले आफ्ना अनुभव सुनाएका थिए । उनले आफू पटक–पटक नेपाल आएको र नेपालका हिम-श्रृङ्खलाबाट प्रभावित भएको बताए ।

उनले नेपाल आउने योजनामा रहेको समेत बताएका छन् । अबको उनको नेपाल यात्रा यहाँको दृष्यमा चलचित्र छायांकन गर्नु हो । उनले भनेका छन्, ‘नेपालका मनोरम दृश्य, नेपाली कथा विश्व बजारले नै उत्साहका साथ हेरिरहेको छ । मैले आफू लण्डनमा रहेको बेला डिभिडीमा कालो पोथी र सेतो सूर्य हेरेको थिएँ ।’

महोत्सवका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टोरी बैंक मार्फत् नेपाली चलचित्रलाई विश्व सामु लैजान आवश्यक रहेको र यसका लागि गृहकार्य पनि भइरहेको जानकारी गराएका छन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ११:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया