\


हेटौँडा पुगेर बादलले दिए राष्ट्रियसभामा उम्मेदवारी
फरकधार / २४ बैशाख, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले हेलिकोप्टरबाट हेटौँडा पुगेर राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीमा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेका छन्। 

त्यस्तै बादलको उम्मेदवारीमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक बसेकी छन्। बादललाई अन्तिम समयमा एमालेले उम्मेदवार बनाएर बालुवाटारबाटै हेलिकोप्टरमा हेटौँडा पठाएको हो। 

बादलविरुद्ध स्वतन्त्र हैसियतमा एमाले नेता माधवकुमार नेपालनिकट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्। उनलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले समर्थन गरेका छन्। 
 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १२:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया