राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै तामाङले पनि दिए उम्मेदवारी

जेठ ५ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् ।

विपक्षी दल कांग्रेस, माओवादी लगायतको पक्षबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले पनि उम्मेदवारी दर्ता गराएको छन् । 

काभ्रेका कृष्णबहादुर तामाङलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रुपमा उभ्याएका छन् । उनी नेमकिपाका केन्द्रीय सदस्य हुन् ।

प्रदेश निर्वाचन कार्यालयमा तामाङको उम्मेदवारी दर्ता भइसकेको छ । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु रहेकी छिन् ।  

प्रदेशमा नेमकिपाका २ प्रदेश सांसद मतदाताका रुपमा रहेका छन् । साथै भक्तपुर नगरपालिकाका मेयर र उपमेयर पनि राष्ट्रियसभाका लागि मतदाताका रुपमा छन् । 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १२:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया