नेकपा एमालेका नेता रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्।
'मैले मनोनयन दर्ता गरेको छु। अहिले यो प्रदेशको ९ हजार ५६४ मतमध्ये ५ हजार १३० मत छ', उनले भने, 'यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ।'
माधवकुमार नेपाल समूहले अर्का उम्मेदवार खिमलाल देवकोटालाई समर्थन दिएकोबारे बोल्दै बादलले त्यो हल्ला मात्रै भएको बताए। 'पार्टीकै अर्को समूहले अर्का उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला मात्रै हो', उनले भने, 'स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्ने कुरामा कुनै सत्यता छैन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।