थापा र देवकोटाका प्रतिस्पर्धी तामाङले भने-‘ठूलो सानो भन्ने कानुनमा हुँदैन’

नेमकिपाका तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी कृष्ण बहादुर तामाङले हार र जितको कुरा भन्दा पनि पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको बताएका छन्। 

शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा उम्मेदवारी दर्ता गराएपछि तामाङले प्रतिक्रिया दिँदै तामाङले आफूले निर्वाचन जितेमा नियम अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे। 

ठूला दलका उम्मेदवार हुँदा–हुँदै किन उम्मेदवारी दिनुभयो ? भन्ने प्रश्नमा तामाङले कानुनले आफूलाई पनि उम्मेदवारी दिन अधिकार दिएको बताए।  ‘ठूलो र सानोको कुरा कानुनमा उल्लेख गरिएको हुँदैन’ तामाङले भने–‘कानुन सबैका लागि बराबर हुन्छ। हामीले जितेको खण्डमा कानुनअनुसार गर्नुपर्ने कर्तव्य पूरा गर्छौँ।’

देश र जनताको हितका लागि पार्टीको निर्देशन अनुसार आफूले काम गर्ने तामाङको भनाइ छ।  





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया