कोरोनाबाट संसद सचिवालयमा कार्यरत उपसचिवको मृत्यु
फाइल फोटो

संघीय संसदको सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  प्रतिनिधिसभाको सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खड्काको मृत्यु भएको संसद सचिवालयले जानकारी दिएको छ । 

शुक्रबार बिहान कलंकीस्थित शहीद मेमोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ।

बुधबार लिइएको स्वाब परीक्षणका क्रममा उपसचिव खड्कामा कोरोना संक्रमण देखिएको थियो। 

बिहीबार बिहान संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका उनलाई शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो।

यसैगरी बिहीबार स्वाब लिइएका मध्ये थप ५ सांसदलाई कोरोना संक्रमण देखिएको संसद सचिवालयले जानकारी दिएको छ । संसद सचिवालयका अनुसार तप १५ कर्मचारी, ४ मर्यादा पालक र संसदीय मामिलामा रिपोर्टिङ गर्ने ४ पत्रकारलाई पनि कोरोना संक्रमण देखिएको छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार र बिहीबार स्वाब संकलन गरिएको थियो । वैशाख २७ गते संसद बैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया