इडेन हजार्डले समर्थकसँग माफी मागे


स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हजार्डले समर्थकसँग माफी मागेका छन् । 

उनले च्याम्पियन्स लिग सेमिफाइनको दास्रो लेगमा चेल्सी विरुद्धको खेलमा आफ्नो पूर्व सहकर्मीसँग ठट्टा गरेको भिडियो भाइरल भएपछि उनले माफी माग्नु परेको हो । रियल चेल्सीसँग २–० ले पराजित हुँदै  च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । 

खेल सकिएपछि उनी चेल्सीका डिफेन्डर कोर्ट जोउमासँग ठट्टा गर्दै हाँसेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियो बाहिरिएपछि हजार्डले निकै आलोचना खेप्नु पर्‍याे । उनले आफूले रियलका समर्थकलाई दुःखी बनाउने उद्देश्यले यस्तो नगरेको बताएका छन् । 
‘मैले यो जानाजान गरेको होइन,  रियलका समर्थकलाई दुःखी बनाउने मेरो कुनै उद्देश्य थिएन’ हजार्डले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘मेरो कारणले समर्थकको मन दुखेकोमा म  माफी चाहन्छु । ’

हजार्ड सन् २०१९ मा इङ्ग्लिस क्लब चेल्सीबाट रियल पुगेका थिए । तर, रियलमा उनको प्रर्दशन सोचे अनुरूप हुन सकेको छैन । चोटका कारण उनले धेरै समय मैदान बाहिरै बिताउनु परेको छ । 
 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया