आएपिएल पूरा गर्न नसके बिसिसीआईले ठूलो घाटा बेहोर्नेछ : शौरभ गांगुली

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करण अनिश्चित कालका लागि स्थगित भएको छ ।   

आइपिएलमा सहभागी विभिन्न टिमका खेलाडी र अफिसियलमा कोरोना देखिएपछि अप्रिल ९ देखि सुरु भएको आइपिएल मे ४ मा अनिश्चित कालका लागि स्थगित गरिएको हो । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष शौरभ गांगुलीले यदि यो सिजन आइपिएल पूरा नभएको खण्डमा कम्तीमा पनि २५०० करोड भारतीय रुपैयाँ घाटा बेहोर्नु पर्ने बताएका छन् । 

इएसपिएन क्रिक इन्फोका अनुसार गांगुलीले स्पोन्सरसिप, ब्रोडकास्टिङ लगायतका विभिन्न सम्झौताबाट बिसिसिआईले ठूलो घाटा बेहोर्नु पर्ने बताएका छन् ।

गांगुलीले क्रिक इन्फोसँग भनेका छन्, ‘बिसिसिआई सकेसम्म प्रतियोगिता पूरा गर्ने प्रयासमा छ । यदि आइपिएल पूरा नभए कम्तीमा पनि २५०० करोड रुपैयाँ घाटा बेहोर्नु पर्ने हुन्छ । यो त सुरुवाती आंकलन मात्र हो ।’

यसका साथै यदि आइपिएल पूरा हुन नसकेमा यही वर्ष भारतमा तय भएको पुरुष टि-२० विश्वकप पनि अन्यत्र सर्न सक्छ । यसले पनि बिसिसिआईलाई ठूलो आर्थिक नोक्सान पुर्‍याउनेछ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १४:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया