प्रधानमन्त्री र नेता गोकर्ण विष्टबीच बालुवाटारमा वार्ता


काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँग भेट गर्न नेता विष्ट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

'उहाँहरूबीच लामै समय कुराकानी भएको छ', बालुवाटार स्रोतले भनेको छ। अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए। तर, छलफल निष्कर्षमा पुग्न सकेको थिएन।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १४:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया