विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्षेत्रीय छनोटको नयाँ मिति सार्वजनिक गरेको छ ।
आइसिसीले निकालेको नयाँ मितिअनुसार नेपालले खेल्ने एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुनेछ ।
यसअघि यो छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि २६ सम्म हुने तय भएको थियो ।
यो छनोटमा नेपालसहित आयोजक मलेसिया, भुटान चीन, हङकङ, म्यानमार, कुवेत र युएई छन् ।
एसिया छनोटको विजेता टोली ग्लोबल छनोटमा पुग्नेछ । ग्लोबल छनोटमा अन्य पाँच क्षेत्रीय छनोटका विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टोलीले टि-२० विश्वकप खेल्ने छन् ।
सन् २०२३ को महिला टि-२० विश्वकप दक्षिण अफ्रिकामा हुनेछ । फेब्रुअरी ९ देखि २६ सम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।