कोरोनाबाट कुख्यात अपराधी छोटा राजनको मृत्यु

कुख्यात अपराधी छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उच्च सुरक्षा भएको तिहाडको जेलमा उनलाई कोरोना संक्रमण भएको थियो ।

पहिला उनलाई जेलकै अस्पतालमा उपचार गरिएको थियो । तर, पछि स्वास्थ्यमा सुधार नआएपछि २६ मार्चमा एम्स अस्पताल लगिएको थियो । एम्समै उपचाररत राजनको शुक्रबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

२७ वर्ष फरार रहेका राजनलाई सन् २०१५ को नोभेम्बरमा इन्डोनेसियाबाट भारतमा ल्याइएको थियो । 

छोटा राजनको वास्तविक नाम राजेन्द्र सदाशिव निखलजे थियो । मुम्बइमा जन्मिएका उनी विद्यालय छाडेपछि ब्ल्याकमा टिकट बेच्न थाले । यसै क्रममा उनी नायर ग्यांगमा मिसिए । अन्डरवल्र्डको दुनियाँमा नायरलाई ठुलो राजनको रूपमा लिने गरिन्छ । 

समयसँगै छोटा राजन र बडा राजनको सम्बन्ध मजबुत हुँदै गयो । ठुलो राजनको मृत्युपछि छोटा राजन ग्यांगको सर्वेसर्वा बने । छोटा राजन फरार हुँदा उनको नाममा भारतमा ६५ भन्दा धेरै केस दर्ता भएका थिए । उनीमाथि २० भन्दा धेरै मानिस मारेको आरोप पनि लगाइएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १७:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया