आरोही कामीरिता शेर्पा २५ औँ पटक सगरमाथा शिखरमा
एकै पटक १२ जनाले शिखर चुमे

नेपालका चर्चित आरोही कामीरिता शेर्पा २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भएका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार उनले शुक्रबार साँझ २५औँ पटक सगरमाथा शिखर चुम्न सफल भएका हुन्। 

कामीरिताको सगरमाथा आरोहण संयोजन गरेको सेभेन समिट ट्रेक्सले पनि यसको पुष्टि गरेको छ। उनी जारी सिजनमा डोरीको सहयोगमा बाटो बनाउने टोलीको अगुवाइ गर्दै शुक्रबार साँझ ६ बजे सगरमाथा शिखरमा पुगेका हुन् ।

आचार्यका अनुसार बेलुकी ६ बजे कामीरिताको रोप फिक्सिङ टोली शिखरमा पुगेको हो। यो नै यस वर्ष सगरमाथामा पहिलो आरोहण पनि हो। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १८:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया