कोभिडविरुद्ध लड्न विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख दिने

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। 

नेपालको सबैभन्दा ठूलो व्यक्तिगत करदाता शाहले कोभिड-१९ का बिरामीको उपचार सहज बनाउ उक्त सहयोग घोषणा गरेका हुन्। उनले दिने उक्त रकम धुलिखेल अस्पतालको आइसियु र अक्सिजन आपूर्ति प्रणाली मजबुत बनाउन उपकरणमा लगानी गरिने छ। 

निजी क्षेत्रले कोभिडविरुद्ध लड्न साथ नदिएको गुनासो सरकारी पक्षबाट भइरहेका बेला शाहले सहयोग थालनी गरेका हुन्। धुलिखेल अस्पताल पछिल्लो समय कोभिडका बिरामीको उपचारका लागि प्रयोग भइरहेको छ। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २०:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया