रअका नेपाल प्रमुख फेरिए, हल्दरको ठाउँमा भट्नागर आए

भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन्। नेपालमा करिब ३ वर्षसम्म बसेका अभिजित हल्दरको ठाउँमा राघव प्रसाद भट्नागर आएका हुन्। 

उनी भारतको राजधानी नयाँ दिल्लीबाट विमानमार्फत काठमाडौं ओर्लिएका हुन्। शुक्रबार शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागर अर्का कर्मचारीसहित काठमाडौं आइपुगेका हुन्। 

नेपालमा राजनीतिक संकट चुलिएका बेला काठमाडौंका लागि नयाँ स्टेशन म्यानेजर आएका हुन्। नेपालमा यसलाई लिएर हल्लीखल्ली भए पनि भारतीय दूतावासले भने नियमित फेरबदली अन्तर्गत भट्नागर जिम्मेवारी सम्हाल्न आएको जनाएको छ। 

यसअघिका अभिजित हल्दरको म्याद गत माघमै सकिएको थियो। तर बढ्दो कोरोना संकटबीच भट्नागर करिब २ महिनापछि जिम्मेवारी सम्हाल्न काठमाडौं उत्रिएका हुन्।

यसअघि भट्नागर श्रीलंकाको कोलोम्बोस्थित दूतावासमा डेपुटी काउन्सिलर र यसअघि भुटानमा कार्यरत थिए। ‘रअ’प्रमुख परिवर्तनसँगै काठमाडौंस्थित सुरक्षा टोली पनि फेरिएको स्रोतले जनाएको छ। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २१:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया