एमाले मिल्ने प्रयास हुँदै गर्दा देउवालाई प्रचण्डले भेटे

सत्तारुढ नेकपा एमाले मिलाउने कोसिस भइरहेका बेला शुक्रबार दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्डले खुमलटारबाट बूढानीलकण्ठ पुगेर देउवासँग वार्ता गरेका हुन्। दुई नेताबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा फेल गराउने रणनीति र राष्ट्रिय सभाको उपनिर्वाचनबारे कुराकानी भएको छ।

भेटमा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदमै रहन नदिने योजना बनाउनेबारे छलफल भएको देउवाको सचिवालयका एक सदस्यले बताए। स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउन सकिने सम्भावित समीकरणबारे पनि कुरा भएको छ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकसित भइरहेको छ। एमाले मिलाउन माधव नेपाल र ओली पक्षबीच वार्ताले तीव्रता पाइरहेका बेला देउवा-प्रचण्ड भेटलाई अर्थपूर्ण मानिएको छ। ओलीले एमाले विभाजित हुन नदिन लचिलो हुने संकेत देखाएपछि माधव पक्ष पनि सहमतिका विकल्प खोज्न तयार भएको छ। 
 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २१:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया