कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको निधन

रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा शनिबार बिहान थप दुई जना संक्रमितको निधन भएको हो । 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेका अस्पतालले जनाएको छ । 

दुवै जना कोरोना संक्रमित भएपछि गत वैशाख २२ गते अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियूमा राखेर उपचार भइरहेको थियो । दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । 





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ८:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया