अक्सिजन सिलिन्डर लिन चीन जाँदै निगमको वाइडबडी

चीन सरकारले दिने ४ सय थान अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज बेइजिङ जाने भएको छ । 

कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि चीन सरकारले दिन लागेको अक्सिजन सिलिन्डर, भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री लिनका लागि निगमको वाइडबडी जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउन लागिएको हो । जसका लागि निगमको वाइडबडी जहाज सोमबार बिहान साढे ११ बजे बेइजिङ जाने र मंगलबार अपराह्न साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने बताइएको छ । जसमध्ये ४०० थान पहिलाे चरणमा आउन लागेकाे हाे ।





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १०:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया