गोकुल बाँस्कोटाको कटाक्ष : 'एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन'

सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको उपनिर्वाचनलाई लिएर विपक्षी दलहरुमाथि कटाक्ष गरेका छन् । निर्वाचनबाट रुख र गोलाकार बेपत्ता भएको बाँस्कोटाको टिप्पणी छ । 

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ? भन्दै प्रश्न गरेका छन् । 

बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट कलम चुनाव चिन्हमा डा. खिमलाल देवकोटा उम्मेदवार बनेपछि बाँस्कोटाले ब्यङ्ग्य गरेका हुन् । 

थापालाई सत्तारुढ एमालेले उम्मेदवार बनाएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए देवकोटालाई भने कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको साथ रहेको बताइएको छ । 

उनले लेखेका छन्, 'एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा ! सायद आउने चुनावको युद्ध अभ्यास होला ।'

बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ?एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा!शायद आउने चुनाबको युद्धअभ्यास होला।

Posted by Gokul Baskota on Friday, May 7, 2021




  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १०:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया