कोभिड संक्रमितको उपचारमा जुट्दै जनकपुरका निजी अस्पताल

जनकपुरधामका निजी अस्पतालहरुले पनि कोभिड संक्रमित बिरामीको उपचार सुरु गरेका छन् । धनुषामा कोरोना संक्रमित बढ्न थालेपछि निजी अस्पतालहरुले उपचार सेवा सुचारु गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा जनकपुरधामस्थित निजी अस्पतालहरूले कोभिड बिरामीहरुको उपचारका लागि एक सय बेड छुट्याएको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन (अफिन) नेपाल धनुषाका अध्यक्ष डा. एसके सिंहले बताए।

जनकपुरधामस्थित काव्या अस्पतालमा कोभिड संक्रमित बिरामीका लागि ३० बेड, जानकी हेल्थ केयरमा १० बेड, केयर मेडिकल मा १० बेड, गोदावरी मोडर्न हस्पिटलमा १० बेड, सुरक्षा अस्पताल प्रालिमा १० बेड, नवजीवन हस्पिटलमा १० बेड, चन्द्रकला अस्पतालमा १० बेड छुट्याइएको छ । 

जनकपुरधामका निजी अस्पतालहरूले सामान्य लक्षण भएका बिरामीका लागि प्रतिदिन १२ हजार शुल्क तोकेका छन् । 

त्यस्तै, अक्सिजन सहितको दैनिक बेड शुल्क १८ हजार, हाइ फ्लो अक्सिजन सहितको दैनिक बेड शुल्क २१ हजार र आइसियू भेन्टिलेटर सहितको दैनिक बेड शुल्क २६ हजार रुपैयाँ तोकिएको छ । 

काव्य अस्पतालका सञ्चालक डाक्टर सिंहले निजी अस्पतालले जनशक्तिलाई महामारीको समयमा 'थ्री टाइम्स हायर पे' गरेर परिचालन गरिरहेको बताए । 



उनले काव्या अस्पतालले मात्रै कोभिडका गम्भीर प्रकृतिका बिरामी उपचार गर्न ५ बेडको कोभिड आइसियु सञ्चालन गरेको बताए । जसमा तीन बेडको भेन्टिलेटर समेत छ । 
 
'कोभिड बिरामीको चाप अत्यधिक रहेकोले अस्पतालले बिरामी राख्न सकिरहेको छैन्,'उनले भने, 'अवस्था जटिल छ, धान्‍न सकिरहेका छैनौं । अस्पतालका सबै बेड प्याक छन्।'



  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार २२:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया