जसपा संसदीय दलको नेता बन्न महतोले सुरु गरे हस्ताक्षर संकलन

जनता समाजवादी पार्टी, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको नेता बन्नका लागि हस्ताक्षर संकलन सुरु गरेका छन् । नेता महतोले पार्टीको दलको नेता बन्नका लागि सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् । 

महतोले हिजोदेखि आफू जसपा संसदीय दलको नेता बन्ने अभियानमा लागेका हुन् । जसका लागि उनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् । 

महतोलाई संसदीय दलको नेता बनाउन अध्यक्ष महन्थ ठाकुर तयार भएपनि महतोले हस्ताक्षर संकलन सुरु गरेका हुन् । महतोको पक्षमा ठाकुरले हस्ताक्षर गरेर अभियान सुरु भएको जसपा स्रोतको भनाइ छ ।  

महतोले अहिलेसम्म ६ जनाको हस्ताक्षर लिइसकेको र बाँकी सांसदको पनि लिने क्रममा रहेको स्रोतको भनाइ छ । पार्टी एकीकरण भएको एक वर्ष पूरा भएपनि जसपाले अहिलेसम्म केन्द्रमा संसदीय दलको नेता छान्न सकेको छैन । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ११:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया