तामिलनाडु सरकारलाई चेन्नई सुपर किंग्सले दियो ४५० सिलिन्डर अक्सिजन

कोरोना महामारीको दोस्रो लहरले भयाबह स्थिति सिर्जना भएको छ । यहाँ दैनिक लाखौं मानिस संक्रमित हुँदा हजारौंले ज्यान गुमाइरहेका छन् ।

कोरोना महामारी विरुद्धको लडाइँमा खेल जगतले पनि खुलेरै साथ दिइरहेका छन् । यसै क्रममा इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज चेन्नई सुपर किंग्सले तामिलनाडु सरकारलाई ४५० सिलिन्डर अक्सिजन सहयोग गरेको छ । 

सहयोग गरिएको सिलिन्डर सरकारी अस्पताल तथा ग्रेटर चेन्नई कर्पोरेसनले सञ्चालन गरिहेको कोभिड सेन्टरलाई दिइनेछ ।

भारतमा कोरोना विरुद्धको लडाइँमा विभिन्न खेलाडी तथा संघ-संस्था लागि परेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माले २ करोड सहयोग गर्दै रकम जुटाउने अभियानमा लागेका छन् ।

यो अभियानबाट कम्तीमा पनि ७ करोड भारतीय रुपैयाँ संकलन गर्ने उनीहरूको लक्ष्य छ ।



पूर्व क्रिकेटर सचिन तेन्दुलकरले १ करोड र आइपिएलकै फ्रेन्चाइज दिल्ली क्यापिटल्सले २ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

अस्ट्रेलियन क्रिकेटर प्याट कमिन्सले र क्रिकेट बोर्डले समान ५०-५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।



क्रिकेटर हार्दिक पाण्डेयको परिवारले ग्रामीण क्षेत्रमा २०० अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने घोषणा गरेका छन् ।

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १५:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया