प्रदेश २ का विभिन्न स्थानबाट ७ सय अक्सिजन सिलिन्डर प्रहरीको नियन्त्रणमा

प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले ७ सय अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरूमा स्टक गरी राखेको अक्सिजन सिलिन्डर नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । 

प्रहरीले भरी सिलिन्डर १३२ वटा र खाली सिलिन्डर ५६८ वटा गरी कुल ७ सयवटा बरामद गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

नियन्त्रणमा लिएको अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक डिस्टिब्युटरलाई बुझाइएको एसपी प्रसाईंले बताए ।

वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनका लागि अक्सिजन सिलिन्डर स्टक नगर्न अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्वन्धित व्यक्ति/निकाय उपर प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १८:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया