यस्तो छ प्रतिनिधिसभाको सोमबारको सम्भावित कार्यसूची

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको भोलि (सोमबार)को सम्भावित कार्यसूची प्रकाशित गरेको छ । 
 
सोमबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै भोलिको सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन् ।

जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार २०:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया