प्रतिनिधिसभाको सोमबार भइरहेको विशेष अधिवेशनमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको तयारी पूरा भएको छ। संसद सचिवालयले कोभिड महामारीबीच आवश्यक स्वास्थ्य सतर्कतासहित प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा गरेको हो।
संसद सचिवालयले तीनवटा लबीमा मतदानको व्यवस्था गरेको हो । जसअनुसार हुन्छ, हुन्न र मत दिन्न भन्ने विकल्पसहित तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको हो। कोभिड संक्रमित ३० जना सांसदहरूका लागि संसद भवन परिसरकै ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको संसद सचिवालयले जानकारी दिएको छ।
विश्वासको मत लिने क्रममा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्। त्यसपछि दलका शीर्ष नेताहरुले बोल्नेछन्। दलका नेताहरुले बोलिसकेपछि प्रधानमन्त्रीले जवाफ दिनेछन्। अनि मात्रै मत विभाजनको प्रक्रिया सुरु हुने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।