विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अप्रिल महिनाका लागि पाकिस्तानका कप्तान बाबर आजमलाई ‘प्लेयर अफ द मन्थ’ अवार्ड प्रदान गरेको छ ।
उनले नेपालका कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।
आइसिसीको प्यानल र खुला मतदानलाई आधार मानेर विजेता घोषणा गरिएको हो । आइसिसी प्यानलमा पूर्व खेलाडी, खेल पत्रकार र ब्रोडकास्टर रहने व्यवस्था छ ।
आइसिसी प्यानलको मत भार ९० प्रतिशत र खुला मतदानको मत भार १० प्रतिशत रहेको थियो ।
बाबरले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय र टि-२० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।
३ खेलको एकदिवसीय सिरिजमा १ शतक र १ अर्धशतक प्रहार गरेका उनले पहिलो खेलमा १०३, दोस्रो खेलमा ३१ र तेस्रो खेलमा ९४ रन बनाएका थिए ।
४ खेलको टि-२० सिरिजमा पनि १ शतक र १ अर्धशतक प्रहार गरेका बाबरले पहिलो खेलमा १४, दोस्रो खेलमा ५०, तेस्रो खेलमा १२२ र चौथो खेलमा २४ रन बनाएका थिए ।
आइसिसीको प्लेयर अफ द मन्थको भोटिङमा परेका खेलाडी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।