चीनले सगरमाथाको चुचुरोमा सीमा विभाजनको रेखा कोर्ने

नेपालको उत्तरी छिमेकी देश चीनले सगरमाथाको चुचुरोमा नेपाल र तिब्बतबीच सीमा विभाजनको रेखा कोर्ने भएको छ । चीनले कोरोनाभाइरस संक्रमणमा रोक लगाउन भन्दै यस्तो निर्णय गरेको हो ।

गत अप्रिलदेखि नै नेपालको सगरमाथा आधार शिविरमा कोरोनाभाइरस संक्रमण व्यापक फैलिएपछि सरकारले उक्त निर्णय गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

नेपालको मोहडा हुँदै सगरमाथा आरोहण गर्ने आरोहीमार्फत हुनसक्ने संक्रमणलाई रोक्न चीनले यस्तो सतर्कता अपनाएको बताइएको छ । 

नेपालले पर्यटन शुल्क उठाउन भन्दै सगरमाथा आरोहण अभियान स्थगित गरेको छैन । यसको व्यापक आलोचना भइरहेको छ । चीनले भने गत वर्षदेखि नै आफ्नो भू–भाग हुँदै सगरमाथा चढ्न विदेशीलाई खुला गरेको छैन ।





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १६:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया