उपत्यकाका अस्पतालका लागि अक्सिजन सिलिन्डरको कोटा, कुन अस्पतालले कति पाउने ? (सूचीसहित)
सिसिएमसी बैठकको फाइल तस्बिर ।

काठमाडौं उपत्यकामा अस्पतालहरूका लागि अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरिएको छ । संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को २७ गते बसेको बैठकले अस्पतालले दैनिक पाउने न्यूनतम कोटा निर्धारण गरेको हो । सिसिएमसीले उपत्यकाका ७७ वटा अस्पतालका लागि अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको हो । 

विभिन्न ९ वटा अक्सिजन उद्योगले दैनिक रूपमा सिसिएमसीले तोकेको कोटाको आधारमा अक्सिजन सिलिन्डर आपूर्ति गर्नुपर्नेछ । उक्त कोटा भविष्यमा थपघट हुनसक्ने सिसिएमसीले जनाएको छ । उपत्यकामा दैनिक न्यूनतम ४ हजार ३३१ अक्सिजन सिलिन्डर खपत हुने सिसिएमसीले जनाएको छ ।

अक्सिजनको अभाव भइरहेका बेला सिसिएमसीले कोटा तोकेको हो । यसअघि अस्पतालले जथाभावी अक्सिजनको व्यवस्था गर्न खोज्दा सिसिएमसीले रोकेको थियो ।


 





  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १२:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया