लम्बियो अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध : सातामा २ भारतीय उडान भने यथावत

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्बिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनामा आउँदो जेठ १७ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्बिएको बताएको छ । भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने सूचनामा बताइएको छ ।

सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा सङ्क्रमण बढ्दै गएपछि यसलाई लम्ब्याएर जेठ १७ सम्म पुर्‍याइएको हो ।

प्रतिबन्धकै अवधिमा एअरलाइन्सहरूले स्वास्थ्य सामग्री उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १२:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया