निषेधाज्ञाको १४ औ दिन : दैनिक मजदुरी गरेर जीवन यापन गर्ने समस्यामा

संघीय राजधानी काठमाडौंमा दुई साता लामो निषेधाज्ञा भएपछि दैनिक मजदुरी गरेर जीवन यापन गर्नेहरु ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफूले कमाएको २-४ रुपैयाँले दुई छाकको जोहो गर्दै आएकाहरु निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन् ।

यसरी बिहान साँझ खान समेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिच रोडमा नै राखेर खाना खुवाउन थालेका छन् । कोभिड १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरू देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४ औं दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले जाँचमा कडाइ गरे पनि सडकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनमा जसरी नै सवारी साधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र बिना काममा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखेको छ । कतिपयलाई सय रुपैयाँ जरिवाना पनि गरेको छ ।

कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

 





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १३:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया