\
बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको निर्वाचन कार्यालयले आज बुधबार उम्मेदवारलाई चिन्ह प्रदान गरेको हो ।
आयोगले नेकपा एमालेका उम्मेदवार गृहमन्त्री राम बहादुर थापालाई सूर्य चिन्ह प्रदान गरेको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण बहादुर तामाङले मादल चिन्ह पाएका छन् ।
उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका खिमलाल देवकोटालाई आयोगले कलम चिन्ह दिएको छ । यद्यपि, उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहले समर्थन गरेका छन् ।
बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित गृहमन्त्री थापालाई दल छाडेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएसँगै उपनिर्वाचन हुन लागेको हो । थापा आफैँ एमालेबाट उम्मेदवार बनेका छन् ।
आगामी जेठ ६ गते उपनिर्वाचनका लागि मतदान हुनेछ । आयोगको प्रदेश कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसहित मतपत्र छाप्नका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइसकेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।